एसियन लाइफ इन्सुरेन्सको मूल्य समायोजन भएको छ। कम्पनीले घोषणा गरेको ८।५५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ नेप्सेले ५६९ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।
अब कारोबार हुने दिन आइतबार यही मूल्यलाई आधार मानेर यसको पहिलो कारोबार खुल्नेछ । बिहीबारको यस कम्पनीको अन्तिम कारोबार ६१८ रुपैयाँमा बन्द भएको थियो ।
एसियन लाइफले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८।५०५ बोनस सेयर र कर तिर्न ०।४४७५ नगद गरी कुल ८।९४७५ लाभांश घोषणा गरेको हो । उक्त लाभांस पारित गर्न वैशाख १८ गते वार्षिक साधारण सभा बोलाईसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस