Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा प्रभु महालक्ष्मी र एशियन लाइफको सेयर मूल्य समायोजन

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, ०७ : ३१ मा प्रकाशित

नेप्सेमा प्रभु महालक्ष्मी र एशियन लाइफको सेयर मूल्य समायोजन

नेप्सेमा दुई बीमा कम्पनीका सेयर मूल्य समायोजन गरिएको छ। एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनस सेयर पछि नयाँ मूल्य निर्धारण गरिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीहरूद्वारा बुक क्लोज गरेपछि मूल्य समायोजन गरेको हो। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको हिजोको अन्तिम कारोबार मूल्य ५५३ रुपैयाँ ५९ पैसा रहेकोमा ८ प्रतिशत बोनस सेयरपछि समायोजन मूल्य घटेर ५१२ रुपैयाँ ५८ पैसा कायम भएको छ।

यस्तै, एशियन लाइफ इन्स्योरेन्सको हिजोको अन्तिम कारोबार मूल्य ६९६ रुपैयाँ ४४ पैसा रहेकोमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासनपछि मूल्य समायोजन गरी ५२० रुपैयाँ ०३ पैसा कायम गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको