Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सको ४२% हकप्रद सेयर असार २५ देखि बिक्री खुला

अर्थ संसार

आइतबार, ०८ असार २०८२, ०७ : ५० मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सको ४२% हकप्रद सेयर असार २५ देखि बिक्री खुला

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लक्षित गर्दै असार २५ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

यो अनुपातअनुसार सेयरधनीहरूले १० कित्ता बराबरमा ४.२ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ।

आवेदनको अन्तिम मिति साउन १३

यस हकप्रद सेयरमा आवेदन दिनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरेर कायम रहेका सेयरधनीहरू आवेदनका हकदार हुनेछन्। आवेदन दिने समयसीमा साउन १३ गतेसम्म रहनेछ।

रेटिङ्ग र निष्काशन व्यवस्थापन

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई हकप्रद निष्काशनको सन्दर्भमा IRN Single A Minus (A-) रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतालाई सुरक्षित रहेको संकेत गर्छ।

हकप्रद निष्काशन तथा बिक्री व्यवस्थापकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड ले लिएको छ। साथै, मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खजुरा, धनगढी, महेन्द्रनगर र बुटवल शाखाहरूबाट पनि आवेदन दिन सकिनेछ।

यस्तै, सेयरधनीहरूले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा समेत पाउनेछन्। सिडिएस एण्ड क्लियरिङ्गले विकास गरेको सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट पनि आवेदन दिन सकिन्छ।

हकप्रदपछि चुक्ता पूँजीमा ठूलाे वृद्धी

हाल एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी बढेर ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको