Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयरका लागि बुक क्लोज मिति तय

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, ०६ : ४४ मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयरका लागि बुक क्लोज मिति तय

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।

यस अनुसार, जेठ १४ गतेसम्म सेयरधनी बनेकाले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। बुक क्लोजको अघिल्लो कार्यदिवससम्म सेयरधनी बन्नेले मात्र हकप्रदमा भाग लिन पाउने प्रावधान अनुसार यो मिति तय गरिएको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको शियन लाइफले हाल कायम चुक्ता पुँजीको १:०.४२ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछिको पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्नेछ।

हकप्रद सेयर निष्कासन तथा बिक्रीको व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको