Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन स्टक एक्सचेञ्जले नै नयाँ स्टक एक्सचेञ्ज पाउने सम्भावना प्रबल, बस्तु विनिमय बजारमा छैन कसैको आर्कषण

अर्थ संसार

शनिबार, ०९ बैशाख २०८०, १० : ५९ मा प्रकाशित

हिमालयन स्टक एक्सचेञ्जले नै नयाँ स्टक एक्सचेञ्ज पाउने सम्भावना प्रबल, बस्तु विनिमय बजारमा छैन कसैको आर्कषण

नयाँ स्टक एक्सचेञ्जका आवेदन दिने म्याद आइतबार सम्म मात्र रहेको छ। नेपाल धितोपत्र बोर्डले अघिल्लो साताको  बिहीबार १० दिनको समय म्याद राख्दै एक सूचना निकालेको थियो। सूचनाको म्याद अनुसार आवेदन दिने समय आइतबार (भोलि) सम्म मात्रै छ। इदका कारण नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिएमा सोमबारसम्म आवेदन दिन पाइनेछ ।

अहिले सम्म हिमालयन स्टक एक्सचेञ्ज नामक एक कम्पनीले मात्रै धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएको छ । सेबोनका अनुसार हिमालयन स्टक एक्सचेन्जले पनि हिजो शुक्रबार मात्रै आवेदन दिएको हो ।

पहिले देखिको तयारीका कारण पनि यो कम्पनीले नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पाउने सम्भावना प्रबल देखिन्छ। यस कम्पनीले  प्राविधिक सहायताका लागि भनेर  नै मौरिसस स्टकसँग सम्झौता गरिसकेको छ ।आइतबार अरु कम्पनीको आवेदन पर्ने सम्भावना एक्दमै कम देखिन्छ। 

सर्वोच्च अदालतले अर्को स्टक स्थापनाका लागि बाटो खोलिदिएपछि धितोपत्र बोर्डले आवेदन माग गरेको छ । बोर्ड विरुद्ध नयाँ व्यापारिक लाइसेन्स वितरणको प्रक्रिया रोक्न परेको रिट गत गएको वर्षको चैत २६ गते सर्वोच्च अदालतले खारेज गरेको थियो। 

सर्वोच्च अदालतले बाटो खोलिदिएपछि बोर्डले एक सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र बस्तु विनिमय बजारका लागि १० दिनको समयमा आवेदन दिन आवहान गरेको थियो । 

बस्तु विनिमय बजारको लागि अहिले सम्म कुनै पनि आवेदन परेको छैन। दुबैको समय आइतबार नै सकिदै छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको