Like us!
Follow us!
Connect us!
Watch us!

‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ मा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, ०७ : ५३ मा प्रकाशित

‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ मा आवेदन दिने आज अन्तिम मौका

‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गएको महिनाको चैत्र २६ गते देखि सुरु भएको तर यस फण्डमा  माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय गरिएको थियो जुन आज सकिदै छ।  सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याएको हो ।

१२ करोड इकाई मध्य फन्डले १०% अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र ५% अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ भने  बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको फण्डले जनाएको छ। 

यो बन्दमुखी योजना हो । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

चैत्र २६ देखि यसमा चैत २९ गतेसम्म आवेदन दिने थप भएर अब  २०८०  वैशाख १० गते(आज)सम्म आवेदन खुला रहने छ। 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम  सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको