Like us!
Follow us!
Connect us!
Watch us!

मंसिरकोभन्दा धेरै राम्रो नतिजा आउँछ भन्नेमा आशावादी छुः रवि लामिछाने

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १२ : ३८ मा प्रकाशित

मंसिरकोभन्दा धेरै राम्रो नतिजा आउँछ भन्नेमा आशावादी छुः रवि लामिछाने

चितवन–२ उपनिर्वाचनका उम्मेदवार एवम् राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसपटक मंसिरको भन्दा राम्रो परीणाम आउने दाबी गरेका छन् । मतदानस्थलको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै थपे,‘सबैतिरबाट राम्रो र सकारात्मक प्रतिक्रिया पाएको छु । मेरो हृदयले शुभदिन भन्छ । बिहानैदेखि उत्साह देखिएको छ । जुन प्रतिक्रिया प्राप्त गरेको छु, एकदम सकारात्मक रुपले लिएको छु । त्यसैले नतिजा असाध्यै उत्साजनक हुनेछ । अघिल्लोपटकको भन्दा पनि राम्रो हुन्छ भन्नेमा म आशावादी छु । मैले त्यही अनुमान गरेको छु ।’यसपटक उनीसँग कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने चुनावी प्रतिष्पर्धामा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको