बारा क्षेत्र नम्बर–२ मा हिजो (आइतबार) सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । आइतबार रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठक बस्न ढिलाइ भएकाले सोमबार मध्याह्न १२ बजेर ४० मिनेट पछि मतगणना सुरू भएको हो ।
बारा– २ मा जसपाका उपेन्द्र यादवले अग्रता कायम गरेका छन् । उनले २२४ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७० मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका पुरूषोत्तम पौडेल १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् । आम जनता पार्टीका अरूण ज्ञवालीले १२ पाएका छन् । मतगणना जारी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस