चितवन–२ को मतगणना शुरू भएको छ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा (एमाले)का रामप्रसाद न्यौपाने लगायतका उम्मेदवार कडा प्रतिस्पर्धामा छन् ।
हिजो आइतबार भएको मतदानमा चितवन–२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस