Like us!
Follow us!
Connect us!
Watch us!

बारा २ मा कुशवाहालाई पछि पार्दै उपेन्द्रले लिए अग्रता

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १७ : ३३ मा प्रकाशित

बारा २ मा कुशवाहालाई पछि पार्दै उपेन्द्रले लिए अग्रता

बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई उछिन्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । 

करैयामाई नगरपालिका वडा १‚ २ र ३ को जम्मा ३ हजार ८१० मत गणना गर्दा कुशवाहालाई यादवले ८९ मतले अग्रता लिएका हुन् ।

यादवले १३९० मत प्राप्त गरेका छन् भने कुशवाहाले १३०१ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २५९ मत र आम जनता पार्टीले १२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको