Like us!
Follow us!
Connect us!
Watch us!

चितवन–२ : रविको जित सुनिश्चित भएसँगै प्रतिस्पर्धी जितनारायण र न्यौपानेले दिए बधाई

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, ११ : ३७ मा प्रकाशित

चितवन–२ : रविको जित सुनिश्चित भएसँगै प्रतिस्पर्धी जितनारायण र न्यौपानेले दिए बधाई

चितवनको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै छ ।

चितवन–२ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन् । मतगणना भैरहेको स्थानमा पुगेर नै एमालेका उम्मेदवार न्यौपानेले लामिछानेलाई उपनिर्वाचनको अन्तिम मतपरिणाम नआउँदै जितको लागि बधाई दिएका हुन् ।

साथै लामिछानेलाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई दिएका छन् । साथै उनले हार स्वीकार गरी नागरिकले परिवर्तन खोजेको प्रतिक्रिया दिए ।

अहिलेसम्मको मतगणनामा लामिछानेले ५० हजार १ सय ७८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका जितनारायण श्रेष्ठको ९ हजार ५ सय ९५ मत छ । यस्तै, एमालेका न्यौपानेको ९ हजार ६४ मत छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको