Like us!
Follow us!
Connect us!
Watch us!

रविलाई प्रधानमन्त्री प्रचण्डको आग्रह– समर्थन फिर्ता नलिनुस्,बरु सहकार्य गरौं

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १५ : ५७ मा प्रकाशित

रविलाई प्रधानमन्त्री प्रचण्डको आग्रह– समर्थन फिर्ता नलिनुस्,बरु सहकार्य गरौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी हुन गरेको प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अस्विकार गरेका छन् । बैशाख १० गतेको उपनिर्वाचन जितेपछि पहिलोपटक बालुवाटार छिरेका लामिछानेले आफूहरु प्रतिपक्षमा बस्ने जवाफ दिए। प्रधानमन्त्री दाहालले भने सरकारलाई दिएको समर्थन फिर्ता नलिन र बरु सरकारमै सहभागी हुन आग्रह गरे ।

उपनिर्वाचन जितेपछि लामिछानेले आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिने मुडमा रहेको प्रतिक्रिया दिएका थिए । रविको उक्त प्रतिक्रिया आएपछि प्रधानमन्त्री प्रचण्डले उनलाई फोन गरेर हतारमा निर्णय नलिन भनेका थिए । प्रधानमन्त्री दाहालले आफूलाई फोन गरेको कुरा स्वयम रविले पनि खुलासा गरिसकेका थिए । आज विहान प्रधानमन्त्री दाहालले बोलाएपछि लामिछाने बालुवाटार पुगेका थिए ।

बालुवाटारको भेटमा उनले आफूहरु सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्कर्षमा पुगेको सुनाए। लामिछाने सरकारले न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचारको फाइल खोल्ने कार्यक्रम हटाएकोमा आक्रोशित बनेका थिए ।

उनले भ्रष्टाचारको विषयमा आफ्नो दल निर्मम रुपमा प्रस्तुत हुने भन्दै कार्यक्रमबाट उक्त विषय हटाएपछि अब सहकार्य गर्न नसकिने धारणा राखेका थिए । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक भोलिको लागि डाकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको