Like us!
Follow us!
Connect us!
Watch us!

बैंकर्सको नेतृत्वमा अनिल शाह

मंगलबार, ३० कार्तिक २०७३, १३ : २९ मा प्रकाशित

बैंकर्सको नेतृत्वमा अनिल  शाह

अर्थ संसार

काठमाडौं–बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा अनिल शाह निर्विरोध निर्वाचित भएका छन् । यसअघि बरिष्ठ उपाध्यक्ष रहेका शाहको मात्र अध्यक्षमा उम्मेदवारी परेको थियो ।  

उनी मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।  शाह अध्यक्ष चुनिएपछि खाली भएको बरिष्ठ उपाध्यक्ष पदमा अहिलेका उपाध्यक्ष सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन छानिएका छन् । त्यस्तै उपाध्यक्ष पदमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना छानिएका छन् ।

एसोसिएसनको बुधबार साधारणसभा हुँदैछ । नयाँ कार्यसमिति चयन भएको घोषणा साधारणसभामा हुनेछ । यसअघि एसोसिएसनको अध्यक्षमा एनएमवी बैंकका कार्यकारी उपेन्द्र पौडेल थिए । 

शाहको कार्यकाल विधानअनुसार दुई बर्षको हुने छ । उनी यसअघि दुई पटक बरिष्ठ उपाध्यक्ष भइसकेका छन् । तत्कालीन नेपाल ग्रिण्लेज (अहिलेको नेपाल स्टान्डर्ड चार्टर्ड बैंक-बाट बैंकिङ यात्रा सुरु गरेका उनले त्यसपछि नविल बैंकमा प्रमुख कार्यकारी अधिकृत भएका थिए । शाह दिल्ली युनिभर्सिटीका एमबिए हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको