Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री र निजि क्षेत्रले जति दबाब दिएपनि,गभर्नर आफ्नो अडानबाट टसमस नहुने संकेत

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, ०७ : ३८ मा प्रकाशित

अर्थमन्त्री र निजि क्षेत्रले जति दबाब दिएपनि,गभर्नर आफ्नो अडानबाट टसमस नहुने संकेत

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आउदै गरेको मौद्रिक नीतिको समिक्षामा धेरै कुरा परिवर्तन नहुने संकेत गरेका छन्। 

आईतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्र्दै गभर्नर अधिकारीले  राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने भन्दै आफ्नो सीमाभित्र बस्न नसक्दा दुर्घटना हुनेसक्ने भन्दै ठूलो आस नगर्न संकेत गरेका छन्। 

अर्थमन्त्री महतले वित्त नीतिमा लचिलो बन्ने ठाउँ नभएको भन्दै मौद्रिक नीति लचिलो बन्नुपर्ने भनेर राष्ट्र बैंकलाई दबाब दिन खोजको देखिन्छ। निजी क्षेत्रले पनि लचिलो मौद्रिक नीति र ब्याज घटाउन दबाब दिन नै रहेको अवस्थामा गभर्नर र राष्ट्र बैंक भने आफ्नो अडानबाट टसमस नहुने संकेत गर्दै आएको छ। 

"मौद्रिक नीतिका आफ्नै सीमा छ, राष्ट्र बैंक सीमा भन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्नसक्ने अवस्था छैन" गभर्नर बताउछन्। 

राष्ट्र बैंकले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यो भने समग्र वित्तीय प्रणाली संकटमा पर्ने उल्लेख गर्छन गभर्नर अधिकारी ।  गभर्नर अधिकारीले आफ्ना स्वार्थका विषय सम्बोधन नहुँदैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न नमिल्ने सम्म बताउदै आफ्नो पक्षमा वकालत गर्न खोजेको देखिन्छ ।

‘तलाउको पानीमा तैरिरहेका कमिलाहरुले कुनै सहारा नपाएको अवस्थामा त्यहाँ एउटा पात भेट्टाए भने ती कमिलाहरु त्यही पातमाथि चढ्दै जान्छन् । अहिले धेरैले राष्ट्र बैंकलाई त्यही पात देखिरहनुभएको छ,’ भन्दै निजि क्षेत्रको माग अहिले तत्काल सजिलै समाधान गर्ने पक्षमा नरहेको अधिकारीले जनाउ दिए। 

गभर्नरको आइतबारको प्रस्तुति हेर्दा अर्थमन्त्रालय र निजि क्षेत्रबाट जति दबाब आएता पनि अहिले राष्ट्र बैंकले आफ्नो नीतिहरुमा परिवर्तन नगर्न र क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने भन्दै अझ कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको