Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखाको ७५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, ०७ : ५९ मा प्रकाशित

हिमाल दोलखाको ७५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  यस कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो जसको लागि कम्पनीले वैशाख २७ गते एक दिन बुक क्लोज तय गरेको छ ।

अर्थात वैशाख २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाइसकेको छ । 

वैशाख १२ गते बोर्डको अनुमति पाएसँगै कम्पनीले हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको हो । निष्कासन मिति हालसम्म कम्पनीले तय गरेको छैन् । कम्पनीले हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेका आधारमा ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर विक्री पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । 

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको