Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजारमा गैर आवासिय नेपाली भित्राउन अध्ययन समिति गठन(विज्ञप्तिसहित)

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १७ : २४ मा प्रकाशित

धितोपत्र बजारमा गैर आवासिय नेपाली भित्राउन अध्ययन समिति गठन(विज्ञप्तिसहित)

धितोपत्र बजारमा गैर आवासिय नेपाली भित्राउन अध्ययन समिति गठन भएको छ । आज (मंगलबार) नेपाल धितापात्र बोर्डले एक विज्ञप्ति जारी गर्दै उक्त विषयको जानकारी दिएको हो । 

जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय पूँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउन उपयुक्त हुने बिषयलाई मध्यनजर गर्दै धितोपत्रको दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैर आवासिय नेपालीलाई भित्र्याउन तथा उनीहरूको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदन सहित नियमावलीको मस्यौदा तयार गर्न नेपाल धितोपत्र बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजन कुमार काफ्लेको संयोजकत्वमा गत वर्ष चैत १९ गतेको सञ्चालक बोर्डको निर्णयबाट एक समिति गठन भएको छ ।’

समितिका अन्य सदस्यहरूमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ नेपाल धितापात्र बोर्डले जारी गरेको विज्ञप्ति:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको