Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमात्र हैन सबै सेक्टर डामाडोल छ, लगानीकर्ताले आफूलाई सम्हाल्नुपर्छ : राधा पोखरेल

निशा हुमाँगाई

विहीबार, २८ बैशाख २०८०, ०७ : ०५ मा प्रकाशित

सेयर बजारमात्र हैन सबै सेक्टर डामाडोल छ, लगानीकर्ताले आफूलाई सम्हाल्नुपर्छ : राधा पोखरेल

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । २१ महिनादेखि बजार लगातार घटिरहँदा लगानीकर्ताहरू प्यानिक बनिसकेका छन् । यही सन्दर्भमा हामीले बजारका अनुभवी लगानीकर्ता एवमं विश्लेषकहरूसँग सेयर बजारको पछिल्लो अवस्था र लगानीकर्ताहरूले चाल्नुपर्ने कदमबारे कुराकानी गर्ने भएका छौँ ।

हिजो हामीले नेपाली पूँजी बजारका पुराना एवंम अनुभवी लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारसँग कुराकानी गरेका थियौँ । आज भने हामीले नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग कुराकानी गरेका छौँ ।

अहिलेको सेयर बजारलाई कुन अवस्थामा देख्नु भएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भनिन्, “लगातार दुई वर्ष भन्दा बेसी भइसक्यो बजार चाहीँ क्रमिक रूपमा निरन्तर ओरालो यात्रामै छ । हाम्रो एमालेको सरकार विष्णु पौडेल अर्थमन्त्री हुँदाखेरी लगानीकर्ताहरूको सेन्टिमेन्ट अलिकति बलियो भएर ४-५ सय अंकले बढ्यो । अनि त्यसपछि राष्ट्र बैंक पनि अलिकति पोजेटिभ होला की जस्तो भइराथ्यो । अहिले अब पछिल्लो समय हामीले कसको अर्थमन्त्री आउनु होला कांग्रेसको अर्थमन्त्री आउनु भयो भने बजार पोजेटिभ वेयमा जाला भन्ने सोच्दैथ्यौँ । तर त्यसको फलस्वरूप अहिलेको अर्थमन्त्रीलाई चाहीँ अब भनौँ न लगानीकर्ताको सेन्टिमेन्टले क्याच गरेको जस्तो लाग्दैन । त्यो सँगै बजारलाई सेन्टिमेन्टले चलाउने भन्ने त एउटा एक दुई सयको मात्र कुरा हो तर बजार चाहीँ कस्तो छ भन्नको लागि नीतिहरू राम्रो हुनुपर्यो, पोलिसी बन्नु पर्यो, त्यही अनुसारको सम्बोधन हुनु पर्यो, बजारमा पैसा पर्याप्त भित्रिनु पर्यो । अब अहिलेको समय भनेको यस्तो प्यानिक अवस्था छ त्यसले गर्दा पनि लगानीकर्ताहरू बजारबाट त्यति उत्साहित छैनन् । के गर्ने कसो गर्ने भन्ने अवस्थामा छ । स्वयंम म पनि अब के गर्ने होला बजारमा  यो अवस्था भइसक्यो अब कहिलेसम्म होल्ड गर्ने, एक वर्ष दुई वर्ष कति गर्ने, बेचौँ यति तल घटिसकेको छ नबेचौँ कहाँबाट चल्ने होला । एक दुई वर्षसम्म त चलियो । जो चाहीँ सेयर बजारमा फुल्ली डिपेन्ड छन् ,अहिलेको समयमा ती व्यक्तिहरूलाई चै एकदम प्यानिक छन ।

उनले थपिन्, “अहिलेको अवस्थामा लगानीकर्ताहरू प्यानिक छन् । सबैजनाले चाहीँ सेयर बजारमा के गर्ने होला भन्ने अन्योलमा छन् । जस्तो हामी आफैँ पनि लगानीकर्ताहरूलाई बजारमा भित्र्याउनु पर्छ, बजारमा चाहीँ सचेतनामूलक कार्यक्रमहरू गरेर कसरी धेरै भन्दा धेरै लगानीकर्ताहरू बजारमा बढुन् ,प्रवेश गरून् भन्दै गर्दा अहिलेको अवस्थामा हामी कतै गएर कार्यक्रम गर्दा पनि लगानीकर्ताहरूले भएका त सबैजना बजारबाट भाग्नुपर्ने अवस्था छ तपाईँहरू हामीलाई भित्र्याउनु हुन्छ भन्नुहुन्छ । त्यसले गर्दा म आफैँलाई पनि लगानीकर्ताहरूलाई बजारमा भित्र्याउँदा गाली पो खाइन्छ की भन्ने लाग्छ । यस्तो छ अहिलेको समय ।

अहिलेको अवस्थामा विशेषगी साना लगानीकर्ताहरूले के गर्दा उपयुक्त होला ? भन्ने प्रश्नमा लगानीकर्तालाई सुझाव दिँदै उनले भनिन्,  “अब हामी त जहिले पनि भन्थ्यौँ होल्ड गर्नुस् होल्ड गर्नुस्, अब त होल्ड कहिलेसम्म गर्ने भन्ने कुरा आउँछ । हो आफूसँग चाहीँ स्टक नबेचीकन मैले अन्तबाट ल्याएर सर्भाइभ गर्न सक्छु भन्दा त होल्ड नै गर्नु परिहाल्यो । हैन मैले चाहीँ अब यो बजारमा बस्न सकिँन म टिक्न सकिँन भन्दा  कतिमा चाहीँ बेचेर निस्किने, कति चाहीँ बजारमा घाटा खाने, यो घाटा चाहीँ लगेर कहिले चाहीँ हामीले रिकोभर गर्न सक्छौँ भन्ने पनि हुन्छ । त्यसले गर्दा अहिलेको अवस्था भनेको लगानीकर्ताहरू आत्तिनु भएन, यो टाइम भनेको सेयर बजारमात्र नभएर सबै सेक्टर डामाडोल छ, प्यानिक अवस्था छ । यो टाइममा हामीले आफूलाई सम्हाल्नु पर्छ । होल्ड त एउटा भइहाल्यो, यो समय भनेको हामीले एकदम सोचेर विचार गरेर फुकीफुकी पाइला चाल्ने भन्ने जस्तो छ त्यसले गर्दा लगानीकर्ताहरूलाई नआत्तिनु हुन म अनुरोध गर्दछु ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको