Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीले आफ्नो काम गरिरहेको र डिस्टर्ब नगर्ने तीन दलबीच सहमति भयोः प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, १७ : ३८ मा प्रकाशित

प्रहरीले आफ्नो काम गरिरहेको र डिस्टर्ब नगर्ने तीन दलबीच सहमति भयोः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष तीन दलका प्रमुख नेताहरुबीच नेपाल प्रहरीले आफ्नो काम गरिरहेको र डिस्टर्ब नगर्ने सहमती भएको बताएका छन्। आज (बुधबार) प्रधानमन्त्री कार्यालयमा शीर्ष तीन दलका नेताहरुबीच यस्तो सहमति भएको उनले बताएका हुन्।

शीर्ष तीन नेताहरुको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘हामीले स्पष्ट भाषामा भनेका छौं। दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ। जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ। प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ।’

उनले थपे, ‘मिडियाहरुमा आएजस्तो पछिल्ला प्रकरणमा यो छलफल भएको होइन। सदनलाई कसरी सुचारु गर्ने, समितिहरु गठन गर्ने विषयमा बढी छलफल भइरहेको छ। जहाँसम्म यो पछिल्लो घटनाबारे छ, दोषी कोही नउम्कियोस र निर्दोष कोही नपरोस् भन्नेमा हामी एकमत छौं। प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ भन्ने कुरामात्र भएको छ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्षले बुधबार प्रधानमन्त्री कार्यालयमा भेटवार्ता गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको