Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा जून महिनामा पैसा नहुने चेतावनी

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १५ : ४० मा प्रकाशित

अमेरिकामा जून महिनामा पैसा नहुने चेतावनी

अमेरिकाले जूनमा नगद अभावको महत्वपूर्ण जोखिम सामना गर्नुपर्ने अमेरिकी बजेट कार्यालयले चेतावनी दिएको छ ।

अमेरिकी कंग्रेसको बजेट कार्यालयले गत शुक्रबार जूनको पहिलो दुई हप्तामा संयुक्त राज्य अमेरिकालाई पूर्वनिर्धारितको लागि सेट अप गर्न नगदको अभाव हुने चेतावनी दिएको हो ।

ह्वाइट हाउस र कंग्रेसका नेताहरूले वार्तामा एक साता बिताएपछि यो चेतावनी आएको हो। अमेरिकी सरकारले गत जनवरी १९ मै तोकिएको ३१४ खर्ब डलरको ऋण सीमा छोइसकेको छ । यतिबेला ट्रेजरी विभागले सरकारको खर्च धान्न अतिरिक्त औजारहरू प्रयोग गरिरहेको छ । तर विभागले ती औजारहरू जून १ बाट सकिन सक्ने बताएको छ। अ‍ेमरिकी कंग्रेसले ऋणको सीमा नबढाएमा सरकारले खर्च धान्न नसक्ने देखिएको छ । ऋण सीमा वृद्धि नगरे जून महिनामा सरकारका सबै बिलहरू तिर्न पैसाको महत्वपूर्ण अभाव हुने चेतावनी दिइएको छ ।

यदि जून १ भित्रमा ऋण सीमा बढाउन असफल भएमा अमेरिकी सरकार केही दायित्वहरु पूरा गर्न नसक्ने अथवा ‘डिफल्ट’ गर्न बाध्य हुनुपर्नेछ ।  ‘डिफल्ट’ को नतिजा भयानक हुने ट्रेजरी सेक्रेटरी जेनेट एल येलेनले चेतावनी दिएकी छिन् । बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै उनले  ‘डिफल्ट’ ले विश्वव्यापी मन्दी निम्त्याउने र त्यसले अमेरिकी सरकारलाई धेरै पछाडि फर्काउने बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको