Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरणबारे संसदको अर्थ समितिमा छलफल

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १२ : १८ मा प्रकाशित

नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरणबारे संसदको अर्थ समितिमा छलफल

नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स वितरणको विषयले संसदको अर्थ समितिमा स्थान पाएको छ । उक्त विषयमा सांसद पदम गिरीले प्रश्न उठाएका छन् । 

नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स दिने नाममा आर्थिक चलखेलको भएको भन्दै अर्थ समितिले तत्काल अध्ययन अगाडि बढाउनुपर्ने सांसद गिरीले अर्थसमितिमा प्रस्ताव राखेका छन् ।

उनले नयाँ स्टक एक्सचेन्ज र स्टक ब्रोकरको लाइसेन्सबारे अर्थ समितिबाट विगतमा भएका अध्ययन र अध्ययनबाट प्राप्त सुझाव प्रतिवेदनहरुको कार्यान्वयनको अवस्थाबारे ‘अपडेट’ लिनुपर्ने बताए । नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अहिले मन्त्रिपरिषदले रोकेको छ । आर्थिक चलखेल भएको भन्दै स्वयम प्रधानमन्त्री पुष्प कमल दाहालले उक्त प्रक्रियालाई तत्काल राक्ने निर्देशन जारी गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको