Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेञ्जको मुद्दामा बोर्डले किन अटेर गरिरहेको भन्दै अर्थ समितिमा उठ्यो प्रश्न

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, १२ : ३१ मा प्रकाशित

नयाँ स्टक एक्सचेञ्जको मुद्दामा बोर्डले किन अटेर गरिरहेको भन्दै अर्थ समितिमा उठ्यो प्रश्न

अर्थ समितिमा धितोपत्र बोर्डबाट जारी नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्जको लाइसेन्स (इजाजत पत्र) वितरणको मुद्दामा प्रश्न उठेको छ ।  आज (सोमबार) बसेको अर्थसमितिको बैठकमा सदस्य पदम गिरीले उक्त विषयमा प्रश्न उठाएका हुन् । 

लाइसेन्स वितरण प्रक्रिया तत्काल रोक्न अर्थ समितिले परिपत्र गरिसकेपनि बोर्डले किन अटेर गरेको भन्दै उनले प्रश्न उठाएका थिए। विवादकाबीच पनि बोर्डले थप ब्रोकर लाइसेन्ससँगै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाएको उनको आरोप छ।

बैठकमा उक्त विषयमा बोल्दै सदस्य गिरीले भने, ‘धितोपत्र बोर्डबाट नियमावली नै संशोधन भइ अघि बढेको नयाँ स्टक एक्सचेन्जको प्रक्रिया हाललाई रोकिएको छ । यो स्थगित मात्र भएको हो, फेरि यो भविष्यमा जतिबेलामा पनि अघि बढ्न सक्छ, लाइसेन्स पाउन सक्छन् । यो अहिलेको आवश्यकता हो कि होइन?’  

पछिल्लो समय अर्थ समितिले उपसमिति बनाइ हालको एक मात्र स्टक एक्सचेन्जलाई सुधार एवम् परिमार्जन गर्दै प्राविधिक, भौतिक एवम् व्यवस्थापकीय सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेको थियो । तर, तत्काल थप ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेञ्जका लागि बोर्डले लाइसेन्स वितरण गरिरहेको छ ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणको प्रक्रिया भने प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को को ठाडो निर्देशनमा तत्कालका लागि रोकिएको छ । उक्त विषयमा भने मत बाझिएको पाइएको छ ।-File Photo  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको