Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्ड आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, ११ : १७ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्ड आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन् । आज (आइतबार) मन्त्रिपरिषद् विस्तार भए योसँगै ११ पटक विस्तार हुने भएको हो । जनता समाजवादी पार्टी (जसपा)ले पाउने थप एक मन्त्रालयमा आज अध्यक्ष उपेन्द्र यादवले नाम पठाएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड यही जेठको तेस्रो सातासम्म भारत भ्रमणमा जाने भएका छन् । त्यसअगावै उनले सरकारलाई पूर्णता दिन चाहेका छन् । जसपाबाट यसअघि अशोक राई शिक्षामन्त्री बनिसकेका छन् । अब जसपाको भागमा वन तथा वातावरण मन्त्रालय परेको छ ।

जसपाबाट मन्त्री बन्ने आकांक्षीहरु धेरै हुँदा अध्यक्ष यादवलाई एक जनाको नाम पठाउन सकस परेको थियो । तर, उनले आज एक जनाको नाम बालुवाटारमा पठाइसकेको स्रोतको दाबी छ ।-File Photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको