Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, ११ : ४६ मा प्रकाशित

सिटी होटलको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

सिटी होटल लिमिटेडले वैशाख २५ गतेदेखि २८ गतेसम्म निष्कासन खुला गरेको आईपीओ आज बिहान बाँडफाँड भएको छ ।  सिटी होटल सोल्टीमोड काठमाडौंमा आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको हो । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख ३५ हजार ५ सय ९४ जनाले १०–१० कित्ताका दरले पाएका छन् । कम्पनीले  ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई ६६ हजार ९ सय ६० कित्ता सेयर छुट्याईएर बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सर्वसाधारणका लागि निष्कासन खुला गरेको थियो । 

यसअघि विदेशमा कार्यरत नेपाली श्रमिकलाई सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले काठमाडौं सोल्टिमोडमा पाँच तारे होटल ह्यात प्लेस सञ्चालन गरिरहेको छ ।

यसरी हेर्नुहोस् नतिजा

वेबसाइट https://www.globalimecapital.com/  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://cityhotel.com.np/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको