Like us!
Follow us!
Connect us!
Watch us!

साना तथा मझौला कम्पनीले आइपीओ जारी गर्न पाउने नियमावली अर्थ मन्त्रालयमा

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १४ : ५५ मा प्रकाशित

साना तथा मझौला कम्पनीले आइपीओ जारी गर्न पाउने नियमावली अर्थ मन्त्रालयमा

साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०८० स्वीकृतिको लागि अर्थमन्त्रालय पठाइएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को जेठ ४ गतेको निर्णयअनुसार उक्त नियमावली स्वीकृतिको लागि अर्थमन्त्रालय पठाइएको जनाएको हो ।

उक्त विषयमा बोर्डले भन्यो,  ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्वन्धि नियमावली, २०८० स्वीकृतिको लागि अर्थमन्त्रालय पठाइएको छ । सो नियमावली जेठ ७ गते मन्त्रालय पठाएका हौं ।’ 

उक्त नियमावलीमा पारित भएपछि साना कम्पनीले पनि आईपीओ जारी गर्न पाउने व्यवस्था छ । अर्थमन्त्रालयले स्वीकृति गरेपछि मात्रै यो व्यवस्था लागु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको