Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्सुरेन्स र इ–बीमा बीच सम्झौता

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १७ : ३२ मा प्रकाशित

अजोड इन्सुरेन्स र इ–बीमा बीच सम्झौता

पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्सुरेन्स लिमिटेडवीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले अजोड इन्सुरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउँछ भन्ने कुरामा जोड दिए । अजोड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, 'हामी सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिलो माध्यमहरू सिर्जना गर्नमा विश्वास गर्छौं र इ–बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्म जस्तो देखिन्छ । हामी यस आवद्धसँग खुसी र आशावादी छौँ ।'

सम्झौता अनुसार इ–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरि सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँचयोग्य बनाउनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको