Like us!
Follow us!
Connect us!
Watch us!

रेशम चौधरीलाई गणतन्त्र दिवसका दिन रिहा गर्ने तयारी !

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, १७ : १० मा प्रकाशित

रेशम चौधरीलाई गणतन्त्र दिवसका दिन रिहा गर्ने तयारी !

टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई सरकारले रिहा गर्ने तयारी थालेको छ । चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ सोमबार राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको दावी गरिएको हो । केही दिन अघिमात्रै सर्वोच्च अदालतले उनको जन्मकैदको फैसलालाई सदर गरेको थियो ।

चौधरीको कैद माफी मिनाहा गरी रिहाइका लागि प्रक्रिया अगाडि बढिसकेको स्रोतको दावी छ । त्यसका लागि डिल्लीबजार कारागार कार्यालयमार्फत् रेशम चौधरीले महान्यायाधिवक्ता कार्यालयमा पत्राचारसमेत गरिसकेको बताइएको छ ।

संविधानको मस्यौदा जारी भएपछि २०७२ सालमा टीकापुरमा भएको आन्दोलनका क्रममा हिंसा भड्किँदा उच्च प्रहरी अधिकारी र नाबालकसहित सात जनाको मृत्यु भएको थियो । त्यही घटनाको मुख्य योजनाकारका रूपमा जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला गरेको थियो । उक्त फैसलालाई उच्च अदालत दिपायल हुँदै सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको