सरकारले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिररहेका रेशम चौधरीलाई आम माफी दिने तयारी गरिरहेको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
जेल जीवन विताइरहेका चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेत हुन् । नाउपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ । रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ प्रधानमन्त्री प्रचण्डको क्याबिनेटको सदस्य (मन्त्री) छिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस