Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा कुनै सपिङ लिस्ट लिएर जानु हुँदैन्ः पूर्वराजदुत दुर्गेशमान सिंह

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १७ : ५२ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा कुनै सपिङ लिस्ट लिएर जानु हुँदैन्ः पूर्वराजदुत दुर्गेशमान सिंह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी जेठ १७ गते छिमेकी मुलुक भारत भ्रमणमा जाने कार्यतालिका तय भएको छ । २०७९ पुष १० गते नेपालको प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका प्रचण्ड ढिलो गरी दक्षिणी छिमेकी मुलुक भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आगामी जेठ २० गते नेपाल फर्कने छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई विशेष चासोको रूपमा हेरिएको छ । 

देशमा रहेको आर्थिक संकटलाई सम्बोधन गर्न, बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न, कृषि क्षेत्रमा रहेका समस्या समाधान, सीमा विवाद समाधानलगायतका क्षेत्रमा प्रधानमन्त्री प्रचण्डको भ्रमण उपलब्धीमूलक हुने आशा गरिएको छ । यसैबीच रिपोर्टर्स क्लब नेपालले आज (आईतबार) प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा साक्षात्कारको आयोजना गरेको छ । 

त्यसैगरी अर्का वक्ता परराष्ट्रविद् एवम् भारतका लागि पूर्व राजदूत डा. दुर्गेशमान सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धीमूलक हुनका लागि विश्वास जित्ने र विश्वास दिने काम सबैभन्दा महत्वपूर्ण भएको बताए । ‘विश्वास जित्ने र विश्वास दिने त्यो कुरा चाहिँ सबैभन्दा महत्वपूर्णजस्तो लाग्छ । त्यो भएपछि नेपाल–भारतबीच धेरै कुराहरु सम्हालिँदै गएर समस्या समाधानको बाटोतिर जान्छ,’–सिंहले भने । 

नेपाल–भारतबीच रहेका विभिन्न संयन्त्रलाई क्रियाशील बनाएर समस्याको साधान गर्न आवश्यक रहेको उनको भनाई छ । भारत बढि महत्वपूर्ण र नेपाल काम महत्वपूर्ण भन्ने कुरा नहुने उनले बताए । नेपालका लागि भारत जति महत्वपूर्ण छ भारतका लागि नेपाल सामरिक हिसाबले त्यत्तिनै महत्वपूर्ण रहेको उनको भनाई छ । 

नेपाललाई भारत जति महत्वपूर्ण रहेको भारतलाई पनि नेपाल त्यत्तिनै महत्वपूर्ण रहेको उनको भनाई छ । नेपालको भौगोलिक अवस्थितिले गर्दाखेरी सुरक्षाको दृष्टिकोणबाट धेरै नै महत्वपूर्ण छ र विकास साझेदारीमा पनि दुवैलाई फाइदा हुने कुराको मनन् गराउन आवश्यक छ,’–उनले भने । 

भारतको सुरक्षामा नेपालले योगदान दिइरहेको उनले बताए । स्टेबल नेपाल भारतको लागि महत्वपूर्ण छ भन्ने कुरा भारतले बुझिसकेको उनले बताए । परराष्ट्र मामलामा नेपालको जनता जसरी एक छन् त्यसैगरी सबै राजनीतिक दलहरु पनि एक हुन आवश्यक रहेको उनले बताए । नेपाल माग्ने देश नभएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्डले भारतमा कुनै सपिङ लिस्ट लिएर जान नहुने बताए । 

‘एक दुई वटा कुरा उठाउनु भनेको महत्वपूर्ण हो । तर, सपिङ लिस्ट लिएर जाने कुरालाई हामीले रोक्न आवश्यक छ,’– उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको