Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनमा दमनपछि अनेरास्ववियु गण्डकी सहसंयोजक विश्वदर्शन पराजुलीले पार्टी त्यागे

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, २० : ३० मा प्रकाशित

जेनजी आन्दोलनमा दमनपछि अनेरास्ववियु गण्डकी सहसंयोजक विश्वदर्शन पराजुलीले पार्टी त्यागे

सोमबार भएको जेनजी आन्दोलनमा सरकारी दमनका कारण १९ जनाको ज्यान गएपछि अनेरास्ववियुका गण्डकी सहसंयोजक विश्वदर्शन पराजुलीले नेकपा (एमाले) परित्याग गरेका छन्।

पराजुलीले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टी सदस्यता खारेज गर्दै सरकारको कदमलाई जनतामाथिको घात भनेका छन्। उनले यस्तो अवस्थाको मतियार बनेर रहन नसक्ने बताउँदै अनेरास्ववियुमा रहेको पदबाट समेत राजीनामा दिएका हुन्।

आफ्नो लामो राजनीतिक यात्राबारे उल्लेख गर्दै उनले लेखेका छन्, “२०६७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रही १५ वर्षसम्म पार्टी र संगठनलाई अर्पण गरेको भए पनि, कुनै व्यक्तिगत लाभ लिएको छैन। अब पार्टीलाई दिएको जस्तै योगदान देशलाई दिन चाहन्छु।”

पार्टीभित्रका ईमानदार कार्यकर्ता र नेताप्रति कृतज्ञता प्रकट गर्दै पराजुलीले ११ वर्षको सदस्यता औपचारिक रूपमा निष्क्रिय पारिएको घोषणा गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको