Like us!
Follow us!
Connect us!
Watch us!
प्रधानमन्त्री प्रचण्ड अझँ पनि भारत जान लम्पसार

‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समावेश, प्रचण्ड सरकार मौन

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, ११ : २२ मा प्रकाशित

‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समावेश, प्रचण्ड सरकार मौन

भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपाललगायत छिमेकी मुलुकको भूमि समावेश गरेको पाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्‌घाटन गरेको संसद्‌ भवनको भित्तामा ‘अखण्ड भारत’ को नक्सामा नेपाललगायत छिमेकी मुलुकको भूमि समावेश गरेको पाइएको हो । जहाँ नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेटिएको छ। 

भारतको सत्तारुढ दल भाजपाका नेताहरुले उक्त मुरल नक्साका तस्बिरहरु सामाजिक सञ्जालबाट साझा गर्दै ‘अखण्ड भारत’ भन्दै लेखेका छन्। भारतका संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मुरलको फोटो राख्दै ट्वीटरमा लेखेका छन्, ‘संकल्प स्पष्ट छ– अखण्ड।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा सार्वजनिक भएको यो विषयले नेपालमा भने विरोध सुरु भएको छ। प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि भारतको राजकीय भ्रमण गर्दैछन्। उक्त विषयमा भने प्रधानमन्त्री प्रचण्डले अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैन् । उनी अझ पनि भारत भ्रमणमा जाने लम्पसार परिरहेका छन् । यस्तो अवस्थामा उनले भारत भ्रमण रद्द गरि उक्त विषयको समाधान खोज्नुपर्ने देखिन्छ । तर, उनले सो विषयमा ध्यान नदिई भारत जाने तरखरमा छन् । 

सत्ता गठबन्धन र प्रतिपक्षका कतिपय नेताहरुले समेत यो विषयबारे भारतसँग कुरा गर्नुपर्ने बताएका छन्। नेकपा माओवादी केन्द्रका एक नेताले प्रधानमन्त्रीले यो विषयमा स्पष्ट धारणा बनाएर मात्रै भारतको यात्रा गर्नुपर्ने बताए। 

सत्तारुढ गठबन्धनको दल नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाल लगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउने बताएका छन्। 

ट्वीटरमा दुवै नेपाल र भारतका प्रधानमन्त्रीलाई मेन्सन गर्दै भट्टराईले भारतको राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खुला रुपमा बताउनुपर्ने पनि बताएका छन्। 

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतको भर्खरै उद्‌घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ। यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिलेदेखि नै विगार्दै आएको विश्वासको कमिलाई अझ बढाउने सम्भावना छ। भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावबारे समयमै सार्वजनिक गरी सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको