Like us!
Follow us!
Connect us!
Watch us!

अखण्ड भारतको नक्साबारे ओलीको आपत्ति, भने– नक्साबारे प्रधानमन्त्रीले कुरा गर्न नसक्ने हो भने किन भ्रमणमा जाने?

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १६ : १५ मा प्रकाशित

अखण्ड भारतको नक्साबारे ओलीको आपत्ति, भने– नक्साबारे प्रधानमन्त्रीले कुरा गर्न नसक्ने हो भने किन भ्रमणमा जाने?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतीय संसद्‌मा राखिएको नक्साबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका बेला कुरा गर्नुपर्ने बताएका छन्। उनले भारतलाई गल्ती सच्याउन भन्नुपर्ने बताए। आज (मंगलबार) महिला अधिकार कार्यान्वयन अवसर र चुनौती विषयक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सम्बोधन गर्दै उनले भने,‘प्रधानमन्त्री भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनुस्, गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ। त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने?, 

भारतले हालै उद्घाटन गरेको संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तु लगायतका ठाउँ पनि अंकित गरिएको नक्सा राखिएको छ। जसको नेपालमा आलोचना भइरहेको छ। ओलीले पनि त्यसलाई अनुचित नै भनेका छन् । 

नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद् जस्तो ठाउँमा भारत जस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले गर्ने व्यवहारलाई उचित भन्न नसकिने ओलीको भनाइ छ। यस विषयमा भने प्रधानमन्त्री प्रचण्ड सरकार भने अहिलेसम्म मौन छन् । माओवादीका नेताहरुले पनि उक्त विषयको निराकरण गरेर मात्र भारत जाने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री भने भारत जान तम्तयार भएका छन् । 

सम्बन्धित समाचार: पढ्न छुटाउनुभयो कि?

‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समावेश, प्रचण्ड सरकार मौन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको