Like us!
Follow us!
Connect us!
Watch us!

अपिको नाफा झण्डै ६ सय प्रतिशतले बढ्यो, कमायो १.७ करोड

मंगलबार, ३० कार्तिक २०७३, १९ : ५७ मा प्रकाशित

अपिको नाफा झण्डै ६ सय प्रतिशतले बढ्यो, कमायो १.७ करोड

अर्थ संसार
काठमाडौं–अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा उत्साहजनक मुनाफा कमाएको छ । 
कम्पनीले सार्बजनिक गरेको विवरणअनुसार यस अबधिमा कम्पनीले ५८३.४९ प्रतिशतले नाफा बढाएर १ करोड ७० लाख रुपैयाँ कमाएको छ । अघिल्लो बर्षको यसै अबधिमा कम्पनीले २४.९१ लाख रुपैयाँ नाफा गरेको थियो । 
अपिले विजुली बेचेर पहिलो त्रैमासिकमा ४.६१ करोड कमाएको छ । यसको अन्य स्रोतबाट हुने आम्दानी भने केही घटेको छ । 
कम्पनीको कुल संचालन खर्च पनि निकै घटेको छ । यस बर्ष कम्पनीको संचालन खर्च ६४ लाख ९५ हजार भएको छ । अघिल्लो बर्षको यसै अबधिमा संचालन खर्च ९२.६० लाख थियो । कम्पनीको जगेडा कोष बढेर ८.४२ करोड पुगेको छ । अघिल्लो बर्षको यस अबधिमा जजेडा कोषमा १.११ करोड मात्रै थियो । 
अपिले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा लगानी बढाएर १४.५६ करोड पु¥याएको छ । कम्पनीको सेयर पूँजी १ अर्ब रुपैयाँ छ । कम्पनीको प्रति सेयर आम्दानी ६.८१ रुपैयाँ, प्रति सेयर नेट वर्थ १०८.४२ र पिइ रेसियो ९० गुणा रहेको छ । 
कम्पनीले १ कित्ता बराबर २ का दरले हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । 
अपि पावरको प्रबर्धनमा माथिल्लो नौगाड साना जलविद्युत परियोजना निर्माण हुँदै छ । कम्पनीले भखैरै विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । 
अपिले माथिल्लो नौगाड आयोजनाबाट ८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष लिएको छ । आयोजना दार्चुला जिल्लामा अबस्थित छ । कम्पनीले आगामी डेड बर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष लिएको छ ।  
अपि पावरले यसअघि ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना पूरा गरेर विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजना १७ महिनामै पूरा गरेको थियो । 
यस्तै अपि पावरद्वारा प्रबर्धित अर्को कम्पनी सिद्धकाली पावर लिमिटेडले ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी आयोजनाबाट विद्युत उत्पादन गर्न भर्खरै ऊर्जा मन्त्रालयबाट अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।  
अपी पावरले विभिन्न ८ आयोजनाबाट सौर्य उर्जा उत्पादन गर्न विद्युत प्राधिकरणबाट अनुमतिसमेत पाएको छ । विद्यमान उर्जा संकट निवारण गर्न सरकारले चालु आर्थिक वर्ष नेपाल विद्युत प्रधिकरणसँग मिलेर ६४ मेगावाट सौर्य उर्जा उत्पादन गर्न आह्वान गरेको टेन्डर अनुसार सञ्चालन गर्ने अनुमति पाएको हो ।
अपी पावरले ढल्केवरमा १ मेगावाट, दुहवीमा १.५ मेगावाट, परवानीपुरमा ८ मेगावाट, सिमरामा १ मेगावाट, चन्द्रनिगाहपुरमा ४ मेगावाट, वर्दघाटमा १ मेगावाट, चनौटामा १.५ मेगावाट, र कावासोतीमा १.५ मेगावाट गरी ८ स्थानका लागि विद्युत प्राधिकरणबाट अनुमति पाएको हो । सबै परियोजनमा गरी १९.५ मेगावाट विद्युत उत्पादन गर्ने अपि पावरले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको