नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गते भएको आन्दोलनमा मोबाइलमा लत बसेका केही युवाहरूलाई गलत तत्वले प्रयोग गरेको बताएका छन्।
उनले प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले भने,‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे,सूचना प्रविधिप्रतिको आशक्ति, लत कस्तो तहमा पुगेको छ भन्ने कुरालाई गलत तत्वले प्रयोग गरेको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’
जेनजीहरूले त्यतिबेला अघि सारेको मुद्दा अनुचित नभएको तर माग पूरा गर्नका लागि कुनै पनि समूह नेतृत्व बनेर नआएको जिकिर गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस