नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीको जनसभा आयोजना गरिने जानकारी दिएका छन्। पोखरेलले प्रेस चौतारी नेपालमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त जनसभा नेपालको इतिहासकै सबैभन्दा ठूलो हुने दाबी पनि गरेका छन्।
उनले प्रमुख राजनीतिक दलबाट जनता अलग भइसकेको भन्ने प्रचार प्रयास गलत हो र त्यसलाई खारेज गर्न आफूहरूले यो जनसभा आयोजना गर्न लागेको बताएका छन् ।
‘जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा सावित गर्ने हिसाबले जनसभा गर्न लागेका छौं,’ उनले भने ।
यसअघि भएको सचिवालय बैठकले देशभर विभिन्न आन्दोलनका कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको थियो।
जस अनुसार एमालेले यही कात्तिक २२ गते देशैभरी सबै वडामा वडास्तरी जनभेला, २५ गते पालिकामा जन र्याली,२९ गते जिल्लामा जनसभा र मंसिर ६ गते उपत्यकास्तरीय र्याली तथा सभाको आयोजना गर्ने जानकारी गराए । उनले भने, ‘२७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं । हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन सक्दैन ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस