लगानीकर्ताहरूको आन्दोलन र आग्रहलाई समर्थन गर्दै ब्रोकर नम्बर ३२ ले टिएमएस बन्द गरेको छ । ब्रोकर नम्बर ३२ अर्थात् प्रिमियर सेक्युरिटिज कम्पनीले टिएमएस बन्द गरेको हो ।
आजै बिहान सेयर लगानीकर्ताहरूले नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटासँग सबै ब्रोकरबाट टिएमएस बन्द गराई आन्दोलनमा सहयोग गर्न आग्रह गरेका थिए ।
अहिले पनि लगानीकर्ताहरूकाे समूह ब्रोकर नम्बर ३२ काे कार्यालयमा पुगी टिएमएस बन्द गर्न अनुराेध गरेपछि टिएमएस बन्द गरिएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस