Like us!
Follow us!
Connect us!
Watch us!

संसदको अवरोध हटाउन सभामुख र प्रधानमन्त्रीबीच छलफल, भारत भ्रमणबारे प्रधानमन्त्रीले जवाफ दिने

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १० : ५० मा प्रकाशित

संसदको अवरोध हटाउन सभामुख र प्रधानमन्त्रीबीच छलफल, भारत भ्रमणबारे प्रधानमन्त्रीले जवाफ दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच प्रतिनिधि सभाको अवरोध हटाउनेबारे छलफल भएको छ । आज (सोमबार) सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन । उनले विपक्षीदलसँग संवाद गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन।

(हिजो) आइतबार प्रतिनिधि सभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोनमार्फत संवाद गरेर विपक्षीदलसँग संवाद गरेर सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए । पुनः सदन अवरोध भइरहने हो भने बजेट पारित गर्न समय अभाव हुने जानकारी गराउँदै सभामुखले समयमै संवादमार्फत निकास खोज्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । सभामुखसँगको संवादपछि प्रधानमन्त्रीले आजको संसदमा प्रष्टिकरण दिने तयारी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको