Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली भूमीबारे प्रधानमन्त्री दाहालको स्पष्टीकरणः ‘नेपालको भूमि साट्ने विषयमा कुरा भएको छैन्’

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १३ : ०२ मा प्रकाशित

नेपाली भूमीबारे प्रधानमन्त्री दाहालको स्पष्टीकरणः ‘नेपालको भूमि साट्ने विषयमा कुरा भएको छैन्’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका दौरान नेपालको भूमि साट्ने विषयमा कुरा नभएको प्रष्टीकरण दिएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकले उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको प्रष्ट्याएका हुन् । उनले नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकताको कुरा भएको बताए ।

आफ्नो भारत भ्रमणमा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध उचाइ नपुग्ने बताएको र यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा विवाद समाधान गर्ने बताएको उनले बताए ।

तर, बंगलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिन्छ भनेर विज्ञले भनेका छन् भनेर बोलेको कुरालाई नेपाली भूमि साट्यो भनेर हल्ला चलाइएकोप्रति आफूलाई दुःख लागेको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको