Like us!
Follow us!
Connect us!
Watch us!

सेबाेनले दियाे थप १० नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स, नबिलले पायो स्टक डिलरको अनुमति

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, १० : ५९ मा प्रकाशित

सेबाेनले दियाे थप १० नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स, नबिलले पायो स्टक डिलरको अनुमति

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले थप १० वटा कम्पनीलाई ब्रोकर र एउटा कम्पनीलाई धितोपत्र व्यापारी (स्टक डिलर) को लाइसेन्स प्रदान गरेको छ । याेसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १७ पुगेको छ ।

यसअघि बोर्डले ७ वटा कम्पनीलाई ब्रोकर व्यवसाय सञ्चालनका लागि अनुमति दिएको थियो । आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जानकारी गराएको छ । 

लाइसेन्स पाउने ११ वटा कम्पनीमध्ये १० वटाले धितोपत्र दलालको सीमित कार्य गर्ने अनुमति पाएका छन् । नबिल सेक्युरिटिज लिमिटेडले भने धितोपत्र व्यापारीको लाइसेन्स पाएको हो ।

सेबाेनबाट अनुमति पाएका कम्पनीले अब आवश्यक प्रक्रियासहित नेप्सेमा पनि निवेदन दिनुपर्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको