Like us!
Follow us!
Connect us!
Watch us!

भारतले दिएको ‘मुर्रा रागाँ’ले नेपाली राजनीति नै तरंगित, संसदमा स्थान पाउनु कतिको उचित?

निकिता खनाल

बुधबार, २४ जेठ २०८०, १३ : ५१ मा प्रकाशित

भारतले दिएको ‘मुर्रा रागाँ’ले नेपाली राजनीति नै तरंगित, संसदमा स्थान पाउनु कतिको उचित?

चार दिने भारत भ्रमण गएर फर्किएका प्रधामन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’को उपलब्धी भन्दा धेरै मुर्रा राँगाको विषयमा चर्चा भयो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने कुरा बाहिएपछि सो कुरालाई लिएर प्रधानमन्त्री स्वयम् सामाजिक सञ्जालमा ट्रोल बने । उक्त विषयले चर्चा कमायो । मुलुक आर्थिक मन्दी चपेटामा रहँदा संसद जस्तो नीति बनाउने थलोदेखि लिएर सडकसम्म मुर्रा राँगोको विषयले प्रश्रय पाएको छ ।

आखिर यो विषयले किने चर्चा पायो त? भन्ने प्रश्न खडा भएको छ । यस्तो संवेदनशील अवस्थामा मुलुक हुँदा आवश्यक भन्दा पनि अनावश्यक विषयले स्थान पाउनुले संसदको गरिमामाथि नै प्रश्न उठेको छ । संसदको रोष्टमबाट मुर्रा राँगोको स्पष्टीकरण दिनुपर्ने अवस्थामा अहिले सत्ता र प्रतिपक्षबीच जुहारी नै चलेको छ । प्रधानमन्त्री भारत भ्रमण लगत्तै मुर्रा राँगोबाहेक अन्य विषयको चर्चा नहुनुले नेपालको राजनीति कता तिर गइरहेको भन्ने नसकिने अवस्था छ ।

 ‘यो भैँसीको कुरा अहिले भएको कुरा होईन्, यो सात वर्षभन्दा अगाडी नै मुर्रा भैँसी ल्याउने समझदारी भएको रहेछ । आएको मात्र अहिले हो । अहिले मलाई मान्छेले भैँसी चढाएर हिडाका छन् । र, मान्य सदस्यहरु जे भएपनि यो पटकको भारत भ्रमण पहिलेको भन्दा फरक र उपलब्धि मुलक भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले भने । 
नेपाललाई भारतले १५ वटा मुर्रा भैँसी नभइ राँगा दिएको संसदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा आोलीले व्यङ्ग्य गरे । उनले भने, ‘ल्याएको १५ ओटा राँगै हो, प्रधानमन्त्री ज्यु ल्याएको कुरा प्रमाणीत गर्नुपर्छ ।’

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमा उक्त समझदारी भएको पनि उल्लेख गरिएको छ । र, उनले स्वयम उक्त विषयको पुष्टी मंगलबार संसदको राष्टमबाट स्वीकार गर्दै भनको छन, ‘राँगो ल्याएको आलोचित भयो भनेपछि, पाँच वर्षअघिको प्रधानमन्त्री थियो उसैको पालामा कुरा चलाएको रहेछ । अहिले त दाम्लोमात्र थमाएको हो । आखिर आड त हाम्रै लिनुपर्ने रहेछ नि ! राँगोको कुरा पनि केपी ओलीले गरेको रहेछ। नस्ल सुधारको कुरा, फर्टिलाइजरको कुरा । पाइपलाइनको कुरा, रेलको कुरा केपी ओलीले गरेको रहेछ ।’ लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट भैँसी चढेर आउनुभएको भन्ने कुरा राखे । 

उनले भने ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर । दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरू आए ...।’ उक्त वक्तव्यले संसदमा हंगामा नै मच्चायो । तर, के संसदमा उक्त विषयले स्थान पाउनु कतिको उचित छ । भन्ने प्रश्न तेर्सिन्छ । मुलुकको राजनीति कहाँ तिर गइरहेको छ भन्ने आँकलन गर्न सकिन्छ । भारतबाट मुर्रा जातका राँगा ल्याउने प्रयास २०७३ सालदेखि नै सुरू भएको प्रधानमन्त्री सोमबार स्पष्टीकरण दिने सन्दर्भमा भनेका थिए ।

मुर्राको वास्तविकता यस्तो छ

रैथाने भैंसीहरूको नस्ल विकास गर्नका लागि भारतबाट उच्च नस्लको मुर्रा राँगा भारतले नेपाललाई दिएको हो  । मुर्रा जातका राँगा र स्थानीय भैंसीलाई क्रस गरेपछि त्यसबाट जन्मिने बच्चापछि गएर धरै दूध दिने भएकाले उक्त भैंसीको दूध उत्पादकत्व वृद्धि हुने जनाइएको छ । 

नेपालको स्थानीय भैंसीहरूले भन्दा दोब्बर बढी दुध दिने भएकाले दूधको उत्पादनमा वृद्धि हुने भएपछि यसले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ । नेपालमा दूधको उत्पादकत्व र उत्पादन वृद्धिका लागि मुर्रा जातका राँगा वा पाडा ल्याउन लागिएको हो । यो जात भारतको हरियाणा तथा पञ्जाब राज्यमा उत्पत्ति भएको मानिन्छ । भारतले दिन लागेका यी राँगा सरकारी फार्म राष्ट्रिय पशु प्रजनन कार्यालय सिरहाको लहान वा कास्कीको पोखरामा राखिनेछ । त्यहाँबाट वीर्य उत्पादन गरिनेछ ।

त्यसपछि किसानले पालेका भैँसीमा प्रयोग गरिनेछ । एउटा राँगाबाट धेरै भैँसीमा वीर्य प्रयोग गर्न सकिने पनि बताइएको छ । अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजननमान क्षमता रहेको भनिएको छ । भ्रमणका दौरान नेपाल र भारतबीच कृषि तथा पशुपन्छी क्षेत्रमा पनि सहकार्य गर्ने सहमति भएको र रासायनिक मल, प्राकृतिक खेतीका विषयमा सहकार्य गर्ने विषयमा छलफल भएको बताईएको छ  । 

सामाजिक सञ्जालमा पनि यो सहमतिलाई आ–आफ्नै तरिकाले चर्चा गरिएको छ । तर, नेपालको प्रस्ताव अनुसार भारत १५ वटा मुर्रा जातको राँगा दिन सहमत भएको हो । भारतले दिने यी राँगा दुई वर्षभन्दा कम उमेरका हुनेछन् । दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ ।

त्यस क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउन नेपाल र भारतका सार्वजनिक एवं निजी क्षेत्रको सहभागितामा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति पनि भएको भारतीय दूतावासको भनाइ छ । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किएका थिए । जसपश्चात ३ दिनसम्म संसदमा यसबारे चर्चा भये भने सामाजिक सञ्जालमा ‘ट्रोल’ बनिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको