Like us!
Follow us!
Connect us!
Watch us!

असार १ देखि आइएमई लाइफले आईपीओ निष्कासन गर्ने, सर्वसाधारणले कहिले भर्न पाउने?

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १० : ३३ मा प्रकाशित

असार १ देखि आइएमई लाइफले आईपीओ निष्कासन गर्ने, सर्वसाधारणले कहिले भर्न पाउने?

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गर्न लागेको आईपीओ यही असार १ गतेबाट बिक्री खुल्ला हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । 

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यही असार १ गतेदेखि बैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिन पाउनेछन् भने अन्य सर्वसाधारणले असार २० गतेदेखि आवेदन दिन पाउनेछन् । नेपालमै पहिलो पटक जीवन बिमा कम्पनी आइएमई लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्कानन गर्न लागेको हो । 

कम्पनीमा हाल कायम रहेको कूल जारी पूँजी ४ अर्बको ३० प्रतिशतका दरले एक अर्ब २० करोड रुपैयाँ बराबरका एक करोड २० लाख कित्ता आईपिओ निष्कासन गर्न लागेको हो । तर, उक्त आईपिओमा १३६.९१ रुपैयाँ थप प्रिमियम मूल्य तिरेर खरिद गर्नुपर्ने हुन्छ । 

प्रिमियम मूल्यमा आईपीओ जारी गरिएकोले प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले सर्वसाधारण र विदेशमा रोजगारीमा गएकाहरुले उक्त आईपीओ खरिद गर्न पाउनेछन् । पहिलो चरणमा कूल निष्कासन हुने आईपीओको एक करोड २० लाख कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन खुल्ला गरिनेछ ।

असार १ गतेदेखि असार १५ गतेसम्म बैदेशिक रोजगारीमा गएकाहरुले आवेदन भर्न पाउने छन् । त्यस्तै, असार २० गतेदेखि सर्वसाधारणको लागि आइएमई लाइफको आईपीओ बिक्री खुल्ला हुनेछ ।

कूल आईपीओका ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषलाई वितरण गरिनेछ भने ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुको लागि छुटाएर कायम हुने आएको ९६ लाख कित्ता सेयर र बिक्री नभई बाँकी रहेमा यसअघि आरक्षण गरिएको सेयर थप गरी कूल कायम हुन आउने सेयर सर्वसाधारणका लागि बिक्री गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

उक्त प्रिमियम मूल्यका आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धीत समाचार:

आइएमई लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न सेबोनले दियो अनुमति

प्रिमियममा सेयर निष्कासन गर्ने आईएमई लाइफ इन्स्योरेन्स बन्यो पहिलो जीवन बीमा कम्पनी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको