Like us!
Follow us!
Connect us!
Watch us!

श्रृजनशील लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १२ : ३६ मा प्रकाशित

श्रृजनशील लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले?

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १५ गते सिराहाको गोलबजार–५स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो। 

सभाले अन्य लघुवित्तसँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

संस्थाको प्रबन्धपत्र र नियमावलीमा नियमनकारीहरुबाट कुनै विषयमा थप संशोधन वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनाका लागि संस्थाले आउँदो असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असार ३ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको