Like us!
Follow us!
Connect us!
Watch us!

सेयर विश्लेषक सन्दीप चौधरी दुबईमा, लगानीकर्तासंग अन्तर्कृया गर्ने

अर्थ संसार

शनिबार, २७ जेठ २०८०, २२ : १५ मा प्रकाशित

सेयर विश्लेषक सन्दीप चौधरी दुबईमा, लगानीकर्तासंग अन्तर्कृया गर्ने

२८ गते आईतबार दुबईमा सेयर विश्लेषक सन्दीप कुमार चौधरीसंग अन्तरकृयात्मक कार्यक्रमको आयोजना हुन लागेको छ। आइतबार ५ बजेदेखि सुरु हुने सो कार्यक्रममा नेपालको सेयर बजारको बारेमा जान्न इच्छुक जो कोहीले भाग लिन सक्ने बताईएको छ।  

सो अन्तरकृयामा सेयरको आधारभूत विश्लेषण, प्राविधिक विश्लेषण र मार्केट सेन्टिमेन्टका बारेमा छलफल गरिनेछ। दुबईमा रहेका नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको विश्लेषक चौधरीले अर्थसंसारलाई बताए। अहिलेको बजारको अवस्था र अबको सम्भावनाहरुका बारेमा बुझ्न सो कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने विश्वाश पनि उनले व्यक्त गरेका छन्।  

करिब २ वर्षदेखि लगातार घट्दो क्रममा रहेको नेपालको बजार अब बढ्दो क्रममा जाने प्रक्षेपण पनि विश्लेषक चौधरीले गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको