प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाहीको माग गर्दै दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
सशस्त्र युद्धका बालसेना लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा आइतबार मुद्दा दायर गरेका थिए। उक्त मुद्दा आज (मंगलबार)लाई पेसी तोकिएको हो। उक्त मुद्दामा प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विपक्षी बनाइएको छ ।
यसअघि दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले जेठ १६ गते दरपिठ गरेको थियो। दरपिठविरुद्ध जेठ १८ गते दिइएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दरपिठ बदर गर्दै रिट दर्ता गर्न शुक्रबार आदेश दिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस