आज (मंगलबार) सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक आज ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा कायम भएको हो ।
नेप्सेमा हरियाली छाएसँगै आज कारोबार रकम पनि सवा ४ अर्ब नजिक पुगेको छ । सेयरबजारमा ४ अर्ब १२ करोड माथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको २७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको १७ करोड ४६ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख, सोल्टी होटल लिमिटेडको १२ करोड १६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस