Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्ड र बाबुरामविरुद्धको रिटमा अग्राधिकार प्रदान, विपक्षीको नाममा कारण देखाउ आदेश जारी

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, १७ : ३७ मा प्रकाशित

प्रचण्ड र बाबुरामविरुद्धको रिटमा अग्राधिकार प्रदान, विपक्षीको नाममा कारण देखाउ आदेश जारी

प्रधानमन्त्री समेत रहेका नेकपा (मोओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्धको रिटमा सर्वोच्च अदालतले अग्राधिकार प्रदान गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा प्रारम्भिक सुनुवाईमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विष्टलाई अयोग्य लडाकु बनाउनुको कारण प्रचण्डलाई सोधेको हो। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा बालसैन्य प्रयोग गरेको आरोप लगाउँदै माओवादीका तत्कालीन बाल सैनिक लेलिन विष्ट लगायतले प्रचण्ड र बाबुरामलाई कारबाहीको माग गर्दै रिट दायर गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको