Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जीआईसी इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न, ६ सञ्चालक निर्वाचित

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १३ : २२ मा प्रकाशित

सानिमा जीआईसी इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न, ६ सञ्चालक निर्वाचित

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज (बिहिबार) काठमाडौंको कालिकास्थानस्थित् अमृतभोगमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ । सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियमन ११ (क) संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले संस्थापक सेयरधनीका तर्फबाट ३ जना, सर्वसाधारण सेयरधनीहरुका तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गरी निर्वाचित गरेको छ।

सभाबाट पारित सामान्य तथा विशेष प्रस्स्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकाय वा कार्यालबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको