Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआइसीका अध्यक्ष कुनाल कयालले लिए शपथ

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, १५ : ५३ मा प्रकाशित

सानिमा जिआइसीका अध्यक्ष कुनाल कयालले लिए शपथ

सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले पद तथा गोपनियताको सपथ लिएका छन् । कयाललाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सपथ ग्रहण गराएका हुन् ।

बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम कम्पनीका अध्यक्षले प्राधिकरणका अध्यक्षबाट सपथग्रहण गर्नुपर्ने व्यवस्था छ ।

कम्पनीले जारी गरेको विज्ञप्ति छ:

उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति २०८०।०२।३२ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट तीन जना सञ्चालकहरु निर्वाचित हुनुभएकोमा साधारण सभा पश्चात सोहि दिन बसेको सञ्चालक समितिको १२३ औ बैठकबाट संचालक श्री कुनाल कयालज्यू सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएकोले बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम अध्यक्षज्यूले मिति २०८०।०३।०१ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूय प्रसाद सिलवालज्यू समक्ष शपथ ग्रहण गर्नु भयो । सो सपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक श्री राजु रमण पौडेल, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुद्युम्न प्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायव महाप्रबन्धक श्री सुवोध लाल श्रेष्ठज्यूको उपस्थिती रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको