सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (बिहिबार) काठमाडौंको अमृतभोग क्याट्रिनमा सभा सम्पन्न भएको हो ।
सभाले आथिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ । पारित प्रतिवेदन अनुसार कम्पनीका कार्यकारी अधिकृतदेखि प्रबन्धक तहसम्मका पदाधिकारीहरुलाई भत्ता तथा अन्य सुविधा वापत ४ करोड ७१ लाख ५९ हजार ६ सय ४१ रुपैयाँ भुक्तानी गरेको छ ।
जस अनुसार साविकको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले २ करोड १४ लाख २ हजार रुपैयाँ र साविकको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले २ करोड ५७ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको पारित वित्तीय विवरणको तथ्यांकले देखाएको छ ।
साथै, समीक्षा वर्षमा साविकको जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्षहरुले प्रति बैठक १० हजार रुपैयाँ र अन्य सञ्चालकहरुले प्रति बैठक ८ हजार रुपैयाँका दरले भुक्तानी गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस