सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
सेयरमा हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । सो सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र खरीद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको समयभित्र संस्थापकबाट उक्त सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस