अर्थ संसार
काठमाडौं–सिद्धार्थ डेभलपमेण्ट बैङ्कको चालू आवको पहिलो त्रैमासमा ५ करोड ७६ लाख खुद मुनाफा गरेको छ । बैंकले गत आर्थिक बर्षको यसै अबधिको तुलनामा ६७ दशमलव २४ प्रतिशतले नाफा बढकाएको हो । बैङ्कको ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो ।
बैंकले कर्जा तथा सापटी ८६ दशमलव ५४ प्रतिशतले बढाएको छ । कर्जा सापटी ११ अर्ब ११ करोड रुपैयाँ छ । बैङ्को जगेडा कोष २ गुणाले बढेर २८ करोड ८७ लाख पुगेको छ । बैङ्कले खुद ब्याज आम्दानी १६ करोड ९० लाख गरेको छ । बैंकको प्रति सेयर आम्दानी १६।२५ रुपैयाँ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस